महाधिवेशनको प्रतिस्पर्धा स्वाभाविक: नेता नेपाल

साउन ९ । काठमाडौं, एमाले नेता माधवकुमार नेपालले महाधिवेशनको प्रतिस्पर्धालाई स्वाभाविक मान्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।

नेता नेपाललाई भेट्न शुक्रबार कोटेश्वरस्थित निवासमा पुगेका धौलागिरी, राप्ती, पेशागत क्षेत्र र कर्णालीका कार्यकर्तालाई निर्देशन दिँदै उहाले यस्तो बताउनु भएको हो ।

उहाले महाधिवेशन अघिका गुट र विभाजनका कुरा भुलेर पार्टीको आन्तरिक एकता र स्थानीय चुनावमा केन्दि्रत हुन कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।

‘महाधिवेशनमा भएको प्रतिस्पर्धा स्वभाविक थियो, पार्टीको आवश्यकता र योग्यताका आधारमा जिम्मेवारी लिनुपर्छ’, नेता नेपालले भन्नु भयो, ‘महाधिवेशनमा देखिएको विभाजन मेट्न अघि बढ्नोस् ।”जनतासँग असल सम्बन्ध बनाउँदै निकट भविष्यमा हुने स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन लाग्नोस ।’

उहाले पार्टीले दस्तावेजमै आर्थिक क्रान्तिलाई समेटेकाले सोहीअनुसार पार्टीपंक्ति परिचालित हुनुपर्ने धारणा राख्नु भयो ।

सम्बन्धित शिर्षकहरु