साउन ७ । काठमाडौं, नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरुले संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३६ औं स्मृति दिवसको अवसरमा छुट्टा छुट्टै स्कार्यक्रमको आयोजना गरी मनाइरहेका छन ।
नेकपा एमालेले पुष्पलालको स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
एमाओवादीले पनि पार्टी कार्यालयमा पुष्पलालको स्मृति दिवस मनाउने भएको छ ।
त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम गरेको पुष्पलालको स्मृति दिवस मनाउँदैछन् ।
२००६ सालमा भारतको कोलकतामा कम्युनिस्ट पार्टीको स्थापना गर्दा सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य पुष्पलालले लिएका थिए । उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव थिए ।
वि.सं १९८१ असारमा रामेछापमा जन्मिएका श्रेष्ठ वैचारिक रुपले सशक्त र प्रेरणादायी नेताका रुपमा परिचित छन् ।
यद्यपी बाम नेताहरुले भने पुष्पलालको महत्व र सिद्दान्तका बारेमा कम्युनिस्ट पार्टीहरुले बिर्सदै गएको आरोप लगाएका छन् ।
श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्तिको आवश्यकता अझै पनि उत्तिकै महत्वपूर्ण रहेको कम्युनिस्ट नेताहरुको दाबी छ ।








