युक्रेनी विद्रोहीले हस्तान्तरण गरे दुर्घटनाग्रस्त मलेसियन जहाजको ब्ल्याक बक्स र शवहरु

एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/

असार ६, काठमाडौँ – युक्रेनको द्वन्द ग्रस्त क्षेत्रमा खसालिएको भनिएको मलेसियन एरलाइन्सको जहाजको ब्ल्याक बक्स नियन्त्रणमा लिएका रसिया बिद्रोहीले मलेसियाका विज्ञहरुलाई आज ब्ल्याक बक्स र मृतकका शवहरु हस्तान्तरण गरेका छन्।

ब्ल्याक बक्स हस्तान्तरण गर्दै बिद्रेहिहरु
ब्ल्याक बक्स हस्तान्तरण गर्दै बिद्रेहिहरु

युक्रेनको दोनेत्स्कमा भएको लामो छलफलपछि बिद्रोही नेताले बिमान दुर्घटनामा मृत्यु भएका यात्रीका शवहरू र २ वटा ब्ल्याक बक्स (डाटा रेकर्डर) दुर्घटनाको अनुशन्धान गरिरहेका मलेसियन अधिकारीहरुलाई हस्तान्तरण गरेका हुन्।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा सदस्य राष्ट्रहरुले बिमान दुर्घटना भएको स्थानमा अनुगमनकर्तालाई पूर्ण पहुँच दिनुपर्ने पक्षमा मतदान गरेपछि बिद्रोहीले डाटा रेकर्डर हस्तान्तरण गरेका हुन्।  डाटा रेकर्डरको माध्यमबाट बिमान दुर्घटनाको समय, ककपिटको आवाज लगायत रेकर्ड हुने भएकाले /दुर्घटनाको कारणबारे केही संकेत मिल्नसक्ने अनुमान गरिएको छ।

नेदरल्याण्ड्स्को अम्स्टर्डमबाट मलेसियाको क्वालालम्पुरका लागि उडेको मलेसियन एयरलाईन्सको बिमान युक्रेनको लुहान्स्कमा गत विहिबार दुर्घटना हुँदा त्यसमा सवार सबै २ सय ९५ जनाको मृत्यु भएको थियो।  सो बिमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको आशंका गरिएको छ ।

सम्बन्धित शिर्षकहरु