असनेपाल न्युज सम्बाददाता /
साउन ३, काठमाडौँ- पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालको आकस्मिक वार्ड बन्द भएको छ । अस्पतालमा कार्यरत सफाइ मजदुर हड्तालमा उत्रेपछि फोहोरका कारण दुर्गन्धित भएकोले अस्पतालको इमर्जेन्सी सेवा गर्नु परेको अस्पताल ब्यबस्थापनले जानकारी दिएको छ । दुर्गन्ध फैकिए पछी अरु वार्डका बिरामीले पनि धमाधम अस्पताल छाडेका छन्।
बुधबारदेखि मजदुरले सरसफाइको कम ठप्प परेका छन् । फोहोरमैला र रोगीका दिसापिसाबसँग खेल्नुपर्ने आफूहरुलाई सुरक्षित औजार र पोसाक नदिएसम्म काममा नफर्कने अड्डी मजदुरले लिएका छन्। उता मजदुरका माग पूरा गर्न नसक्ने बरु आन्दोलन नरोकिए अस्पतालै बन्द गर्ने चेतावनी व्यवस्थापनले दिएको छ।
मजदुर र व्यवस्थापनको विवादका कारण अस्पतालले सेवा दिन नसकेको भन्दै बिरामी अन्यन्त्र गइरहेका हुन्। ७ सय शैय्याको मणिपाल अस्पतालमा शुक्रबार ४ सयमात्रै बिरामी थिए। इमर्जेन्सी र शल्यक्रिया कक्ष पूर्णत ठप्प छन् भने अरु वार्डमा पनि बिरामी घटिरहेका छन्। अस्पतालका सबै १३२ सफाइ मजदुर काममा आएका छैनन्। आकर्षक तलब र सुविधा दिँदादिँदै पनि मजदुरहरु आन्दोलित बनेको अस्पताल व्यवस्थापनको आरोप छ। आन्दोलनमा उत्रिएका सफाइ मजदुरमध्येका एक राजकुमार गायक भने आफूहरुको स्वास्थ्य सुरक्षाप्रति अस्पताल संवेदनशील नबनेको बताउनुभयो ।








