असनेपाल न्युज सम्बाददाता
श्रावण २,काठमाडौ – आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको आधिकारिक अध्यक्ष दाबी गर्दै नेता लोकेन्द्रबहादुर चन्दको निवेदन खारेज गर्दै निर्वाचन आयोगले पशुपति शमसेर जबरा नै अध्यक्ष भएको केन्द्रीय समितिलाई आधिकारिकता प्रदान गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको लामो समय देखि चल्दै आएको आधिकारिकताको विवाद टुंग्याउदै निर्वाचन आयोगले यो निर्णय दिएको हो । चक्रिय प्रणाली अन्तर्गत सूर्यबहादुर थापाको एक वर्षे कार्यकालपछि आफू स्वतः अध्यक्ष भएको दाबी गर्दै चन्द निर्वाचन आयोग गएका थिए । यसैबीच निर्वाचन आयोगको निर्णयविरुद्ध चन्द समूह सर्वोच्च अदालतले जाने तयारी गरेको छ ।








