एजेन्सीको सहयोगमा रमेश अधिकारी
साउन १- दुर्घटना भएको भनिएको मलेसियन एयर्लाइन्सको जहाज दुर्घटना नभई द्वन्दग्रस्त क्षेत्रमा खसालिएको युक्रेनको आन्तरिक मन्त्रालयले बताएको समाचार एजेन्सी रोयटरले जनाएको छ।
युक्रेनी सरकारले रसिया पक्षधर “आतंककारी”ले जहाज खसालेको बताईरहदा युक्रेनी बिद्रोहीहरुले त्यो आरोपलाइ अस्विकार गरेका छन् । उनीहरुले उल्टै युक्रेनी सेनाको लडाकु बिमानबाट आक्रमण गरि जहाज खसालिएको आरोप लगाएका छन जहाजमा २९५ यात्रु सवार रहेको खबर पनि प्राप्त भएको छ । र सबै यात्रुको मृत्यु भएको रोयटरले आफ्नो अनलाइनमा लेखेको छ ।विमानमा सवार यात्रु मध्ये १ सय ५४ जना डच, २७ अष्ट्रेलियन , २३ मलेसियन, ११ ईन्डिोनेसियन, ६ बेलायती, ४ जर्मन, ४ बेल्जियन, ३ फिलिपिनी र १ जना क्यानेडिन नागरिक रहेको मलेसियन एयरलाईन्सले जनाएको छ ।

जहाज युक्रेनको पूर्वी डोनेस्क शहरको ग्राबोभो गाउँमा जलिरहेको अवस्थामा भेटिएको छ । जहाजका टुक्राहरू १५ किलोमिटर सम्म छरिएको अबस्थामा भेटिएको रोयेतरले लेखेको छ ।
नेदरल्यान्डको आम्स्टर्डामबाट मलेशियाको राजधानी क्वालालाम्पुर आउदै गरेको मलेसियन एयर्लाइन्सको जहाज पूर्वी युक्रेनमा दुर्घटना ग्रस्त भएको रसियन समाचार संस्था इन्टरफ्याक्सले जनाएको थियो ।
मलेसियन एयर्लाइन्सले पनि आफ्नो जहाज MH17 संग आफ्नो सम्पर्क बिच्छेद भएको जनाएको थियो ।
आफ्नो ट्वीटर मार्फत एयर्लाइन्सले जहाजसंग अन्तिम पटक युक्रेनको आकाशमा रहेको बेला सम्पर्क भएको बताएको छ।
उक्त जहाज बोइंग ७७७ भएको इन्टरफ्याक्सले उल्लेख गरेको छ । प्राप्त विवरण अनुशार जहाज युक्रेन र रसियाको सिमानामा खसालिएको बताइएको छ।








