साउन ७ देखि तीज महोत्सव गरिने

साउन १ । काठमाडौँ, महिला सिर्जनशील केन्द्रले १३ औँ तीज महोत्सव-२०१४ भव्य रुपले गर्ने भएको छ ।

डाबर नेपालको मूख्य प्रायोजनमा यहि आउँदो साउन ७ गते देखि ११ गतेसम्म १३ औैं डाबर स्पेशल तीज महोत्सव संचालन गरिन लागेको हो ।

डाबर नेपालले हरेक वर्ष तीजलाई लक्षित गरेर संचालन गर्दै आएको छ ।

त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने महोत्सवमा महिला उद्यमीले आफ्ना उत्पादित वस्तुहरुलाई प्रदर्शनीमा राख्न सक्नेछन् ।

सिर्जनशील केन्द्रले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा हस्तकला, सारी तथा कुर्ता, गिफ्ट सामग्री, गरगहना, मेहेन्दी तथा अन्य तीजसम्बन्धी सामग्रीको १२५ भन्दा बढी कक्ष राखिने जानकारी दिएको छ ।

केन्द्रका अध्यक्ष मीलु थापाले महिला विकास र महिलाको सीपमूलक कार्यलाई उजागर गर्नुका साथै उनीहरुको लागि आफ्ना कला झल्काउने तथा आफ्ना अनुभव एकआपसमा बाँड्ने थलोको रुपमा महोत्सवलाई विकास गर्नु प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

महोत्सवबाट उठेको १५ प्रतिशत रकम महिला वर्गको उत्थानमा लगाइने केन्द्रका अध्यक्ष थापाले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु