साउन १ ।काठमाडौ,चुरे क्षेत्रको संरक्षणका लागि भन्दै सरकारले आजदेखि ढुंगा,गिट्टी र बालुवालगायतका वस्तुहरु भारत निकासी गर्न प्रतिबन्ध लगाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्माण तथा नदीजन्य प्राकृतिक वस्तु भारत निकासीमा आजदेखि रोक लगाएको हो ।
मन्त्रालयले आजदेखि लागूहुने गरी उत्खनन् अनुमति नदिन ७५ वटै जिल्ला विकास समितिहरुलाई निर्देशन दिएको छ ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २३ गते राजपत्रमा सूचना प्रकाशित गरि ढुंगा गिट्टी भारत निकासीमा रोक लगाएपछि स्थानीय विकास मन्त्रालयले आजदेखि रोक लगाएको हो ।
स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले चुरे क्षेत्रमा अनियन्त्रित उत्खनन् बढेको कारण आजदेखि असोजसम्म स्थानीय निकासीमा पनि रोक लगाइने जानकारी दिनु भयो ।
सरकारले पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मका ३६ जिल्लालाई चुरे क्षेत्र घोषणा गरेको छ ।
ती जिल्लामा पर्ने ४ सय ३० गाविस र नगरपालिका क्षेत्रबाट ढुंगा गिट्टी निकासी गर्न पाइने छैन ।








