पुनःनिर्माण प्राधिकरणको प्रमुख पोखरेल को हुन्? पढ्नुहोस् नालीवेली

govindaraj-pokharelकाठमाडौँ, नविकरणीय ऊर्जा तथा योजनाका क्षेत्रका अनुभवी प्रा डा गोविन्दराज पोखरेललाई भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन्।

नवीकरणीय ऊर्जा तथा योजना तर्जुमा तथा कार्यान्वयनमा काम गर्दै आएका पोखरेलले यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए ।

प्युठान जिल्लाको रास्पुरकोट गाविसमा सन् १९६७ जनवरीमा जन्मिएका प्रा डा पोखरेल जर्मनीको फ्लेन्सवर्ग विश्वविद्यालयबाट सन् १९९७ मा ग्रामीण ऊर्जा प्रविधि तथा सीप विस्तारमा स्नातकोत्तर गरी सोही विश्वविद्यालयबाट सन् २००४ मा ‘ऊर्जा अर्थतन्त्र र नीति’ विषयमा विद्यावारिधी गरेका थिए।

ऊर्जा, नीति, रणनीति, कार्यक्रम तयार, योजना कार्यान्वयन र जलवायु परिवर्तनका विषयमा विशेष चासो राख्ने प्रा पोखरेलकै नेतृत्वमा यही वैशाखमा गएको भूकम्पपछिको आवश्यकता मूल्याङ्कन पिडिएनए प्रतिवेदन तयार भएको थियो ।

उक्त प्रतिवेदनले भूकम्पपछिको पुनःनिर्माणका लागि रु सात खर्ब ७० अर्ब बराबरको आवश्यकता औँल्याएको थियो । सोही प्रतिवेदनका आधारमा गत असार १० गते काठमाडौँमा सम्पन्न नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन आइसिएनआर भव्यरुपमा सम्पन्न भएको थियो ।

उनले नवीकरणीय ऊर्जा तथा जलवायु परिवर्तन घटाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

प्राध्यापक पोखरेल नवीकरणीय ऊर्जाका क्षेत्रमा क्षेत्रीय तथा विश्वस्तरमा गरिने विभिन्न अनुसन्धानमा पटक–पटक सहभागी भएका थिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानमा सम्लग्न रहेका प्रा डा पोखरेलले विश्व बैंक तथा एसियाली विकास बैंकबाट सञ्चालित नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमको नेतृत्व सम्हालेका थिए।

उनले नविकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक र जनता, ऊर्जा र वातावरणीय विकास सङ्घका कार्यकारी निर्देशक र अन्य ऊर्जा क्षेत्रका विभिन्न संस्थाको जिम्मेवारी लिइसकेका छन् ।

उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको थापाथली इन्जिनियरिङ संस्थानको क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नुका साथै विभिन्न विश्वविद्यालयमा अध्यापन गराउँदै आएका थिए ।

सम्बन्धित शिर्षकहरु