बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

साउन १ । हेटौँडा,हेटौँडामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

राजविराजवाट काठमाडौँ जाँदै गरेको ना ५ ख १२६८ नम्बरको रात्रिबसले लु १८ प ७१८८ नम्बरको मोटरसाइललाई विहान बसामाडीमा ठक्कर दिँदा मोटरसाइकल चालक भारत भई भैरहवामा बस्दै आएका उदयकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका सोनु सिंहको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित शिर्षकहरु