सिड्नी । नेकपा एमालेका दुई नेता सिड्नी आउने भएका छन् । एमाले नेता विष्णु पौडेल र राजन भट्टराई अष्ट्रेलिया आउने भएका हुन् ।
प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले आयोजना गर्ने कार्यक्रममा उनीहरू सहभागी हुन लागेका हुन् ।
केही समय अघि गठन भएको उक्त शाखाका अध्यक्ष प्रेम खनाल, उपाध्यक्ष राजेश अधिकारी, सचिव अशोक केसी, सहसचिव गणेश पराजुली र कोषाध्यक्ष अशोक अधिकारी रहेका छन् ।
तदर्थ समितिका अन्य सदस्यहरुमा रुपक अधिकारी, प्रकाश पनेरु, निलम महत, रमण अधिकारी, लिला पुरी, निर्दोष खनाल, चन्द्र कुँवर रहेका छन् । उक्त समितिको सल्लाहकारमा राजुप्रसाद उपाध्याय रहेका छन् ।
सन् २००३ मा नेकपा एमाले निकट डा. जगदिश तिमल्सिना लगायतले स्थापना गरेको उक्त मञ्चको हाल न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीन्स ल्याण्ड, पश्चिम अष्ट्रेलिया र दक्षिण अष्ट्रेलिया गरी पाँचवटा राज्यस्तरीय समितिमा करिब तीन सय सदस्यहरु संगठित भएको बताइएको छ ।
मञ्चले अष्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन, अष्ट्रेलियामा समस्यामा परेका नेपालीहरुलाई सहयोग र नेपालबाट नेकपा एमालेका राष्ट्रियस्तरका नेताहरुलाई बोलाएर राजनीतिक अन्तर्क्िरया कार्यक्रमहरु गर्ने गरेको छ ।
मञ्चले नेपालका अन्डर नाइन्टिन क्रिकेट खेलाडी पृथु बास्कोटा, न्यूजिल्याण्ड खेलकुद मैदानमा घाइते हुँदा अष्ट्रेलिया ल्याएर स्वास्थ्य उपचारमा सहयोग गरेको थियो ।
अध्यक्ष पाण्डेका अनुसार आगामी जनवरी २९ मा अष्ट्रेलियामा सामुदायीक भेटघाट तथा अन्तर्क्िरया कार्यक्रमको आयोजना गरिने छ र उक्त कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र केन्द्रीय सदस्य राजन भट्टराई उपस्थित हुने बताइएको छ ।








