अख्तियार प्रमुख कार्की र अस्ट्रेलियाका न्यायमन्त्रीबीच भेट

असार ३१ । सिड्नी,अष्ट्रेलिया आउनु भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अस्ट्रेलियाका न्यायमन्त्री माइकल केनानबीच शिष्टाचार भेट भएको छ ।

अष्ट्रेलियाको संसद् भवनमा दुई पक्षबीच भएको भेटमा नेपाल–अष्ट्रेलियाबीच रहँदै आएको कूटनीतिक सम्बन्धका साथै भ्रष्टाचार नियन्त्रण एवम् सुशासन प्रवद्र्धनका सम्बन्धमा दुवै देशमा विद्यमान संवैधानिक र कानुनी व्यवस्थाबारे छलफल भएको थियो ।

भेटमा प्रमुख आयुक्त कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आयोगले खेल्दै आएको भूमिकाबारे जानकारी गराउनुका साथै
अष्ट्रेलियाको सङ्घीय संरचनामा भएका यससम्बन्धी व्यवस्थाको जानकारी लिनुभएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भेटका क्रममा मन्त्री केननले भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्न द्विपक्षीय भेटघाट र छलफल महत्वपूर्ण हुने बताउँदै यस विषयमा अष्ट्रलियाली सरकारको ऐक्यबद्धता जाहेर गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

भेटघाटमा अष्ट्रेलिया  राजदुतावासका  काउन्सलर
राजेन्द्र पाण्डेलगायत नेपाली प्रतिनिधिमण्डलको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षकहरु