प्रधानमन्त्री कोइरालाको फोक्सोमा देखिएको दाग घट्यो

असार २९ । काठमाडौ,पाँचवटा रेडियोथेरापी चिकित्सापछि प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा देखिएको सेतो दाग निकै घटेको छ ।

आठ दिन लगाएर गरिएका रेडियोथेरापी चिकित्सापछि एक्स-रे रिपोर्टमा फोक्सोको सेतो दाग निकै घटेको पाइएको हो ।

प्रधानमन्त्रीसँगै रहेका डा.कविरनाथ योगीका अनुसार प्रधानमन्त्री कोइराला फोक्सोको क्यान्सरबाट मुक्त हुनुभएको जानकारी दिनु भयो ।

उपचार सिद्धिएपनि इन्फेक्सनबाट बचाउन प्रधानमन्त्रीलाई कम्तीमा एक साता न्युयोर्कमै राखिनेछ ।

दौडधुप, भेटघाट एवं व्यस्तताले काठमाडौंमा इन्फेक्सन हुने डरले केहीदिन अमेरिकामा आराम गरेर स्वदेश फिर्ता हुने तयारी छ ।

रेडियोथेरापीपछि प्रधानमन्त्रीको खोकी निकै घटेको, ज्वरो र श्वासप्रश्वासको समस्या पनि नदेखिएको चिकित्सक योगिले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु