अख्तियार प्रमुख लोकमान अष्ट्रेलिया भ्रमणमा

असार २८ । काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की एकसाताको लागि अष्ट्रेलिया प्रस्थान गर्नु भएको छ ।

प्रमुख आयुक्त कार्कीले अष्ट्रेलियाका न्याय मन्त्रीका साथै भ्रष्टाचार नियन्त्रण सम्बद्ध निकायका अधिकारीहरूलार्इ भेट्नु हुनेछ ।

भेटमा भ्रष्टाचार नियन्त्रणबारे आ-आफ्नो मुलुकको अनुभव आदान-प्रदान गर्नुका साथै द्विपक्षीय सहयोगका साथै भ्रष्टाचार नियन्त्रण एवम् सुशासन

प्रवर्द्धनका दिशामा देखापरेका चुनौती र सम्भावनाका वारे छलफल हुनेछ ।

प्रमुख आयुक्त कार्की साउन ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

सम्बन्धित शिर्षकहरु