तेस्रोलिंगीले फसाए १६ बर्षीया युवती

असार २७ । सर्लाही, सर्लाहीको मलंगवा नगरपालिकामा दइजोको लोभमा एक किशोरीको तेस्रो लिंगीसँग विवाह गरिएको रहस्य खुलेको छ ।

दुई वर्षपछि यो रहस्य थाहा पाएका किशोरीको परिवारले एकतर्फी रुपमा केटासँग सम्बन्ध बिच्छेद गरेका छन् ।

दाइजोको लोभमा स्थानीय एक परिवारले आफ्ना तेस्रोलिंगी छोराको विवाह एक १६ वर्षीया किशोरीसँग गरिदिएको हो ।

दुई वर्ष पहिले यसरी झुक्याएर गरिएको विवाहको बारेमा ती किशोरीले केही दिन पहिले मात्र थाहा पाइन् ।

श्रीमानले सधै वेवास्ता गर्दै आएपछि उनले आफ्नो श्रीमानको पुरुषमा हुनु पर्ने गुण र लिंग नै नरहेको थाहा पाएकी थिइन् ।

अहिले युवक २० वर्ष र युवती १८ वर्ष पुगेका छन् । विवाहको समयमा २ लाख नगद र मोटरसाइकलसहित केटी पक्षले विभिन्न दाइजो उपलब्ध गराएको थियो ।

केटीले आफ्नी आमालाई सबै कुरा भनेपछि केटीका बुबा आफै गएर छोरी फिर्ता ल्याएका थिए । ज्वाइँ तेस्रो लिंगी भएको थाहा भएपछि केटी पक्षले सम्पूर्ण दाइजो त्यागेर छोरीलाई फिर्ता ल्याएको हो ।(साभार समाचारपत्र दैनिक)

सम्बन्धित शिर्षकहरु