रमेश अधिकारी/ असनेपाल न्युज
।असार २२ ।काठमाडौँ – राहदानी लिन चाहने सेवाग्राहीले सास्ती झेल्नुपरेको समाचारहरु आइरहेका बेला सरकारले अब बिहान ८ बजेदेखि राहदानी वितरण गर्ने भएको छ । राहदानी वितरण प्रक्रियालाई सहज बनाउन कार्यालय समयभन्दा दुई घण्टाअगाडि देखि राहदानी वितरण थालिएको हो ।
राति देखिने राहदानी लिन लाइन बस्ने गरेका सेवा ग्राहीलाई छिटो छरितो सेवा उपलब्ध गराउन राहदानी विभागले आजदेखि नै छवटा काउन्टरबाट राहदानी वितरण पनि थालेको हो ।
आइतबार बिहान राहदानी वितरणको शुभारम्भ गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जनतालाई सुविधा दिन सरकार क्रियाशील रहेको र निकट भविष्यमा आवेदन फाराम दर्ता गर्ने प्रक्रियालाई अझ सरल बनाउदै लैजाने जानकारी दिए । मन्त्रि पाण्डेले सेवाग्रहिसंग गाम्र भएर व्यवहार गर्दै छिरो छरितो सेवा दिन विभागका कर्मचारीलाई निर्देशन दिए
परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीले आम उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी आम जनतालाई छरितो सेवा दिने बताउदै मातहतका कर्मचारीलाई यसमा सहयोग गर्न अपिल गरे ।
विभागका महानिर्देशक रमेशप्रसाद खनालले विभागबाट हालसम्म २१ लाख एमआरपीतरण गरिसकेको जानकारी दिँदै भोलिदेखि थप दुईवटा काउन्टरबाट राहदानी वितरण गर्ने बताए ।
अन्तर्राष्ट्रिय नागरिक उड्ड्ययन सङ्गठनको प्रावधानअनुसार संसारभरिका सबै देशले सन् २०१५ को नोभेम्बर २४ भित्रमा एमआरपी जारी गरिसक्नुपर्नेछ । रासस








