चर्चित अभिनेत्री मिथिला शर्मा र पूर्व आइजिपी बोहेराबीच बिवाह

mithila काठमाडौं,कुशल अभिनेत्री बनेर चर्चामा आउनु भएकी अभिनेत्री मिथिला शर्मा र पूर्व आइजिपी मोतिलाल बोहेराबीच बिवाह भएको छ।

शुक्रबार कोर्ट म्यारिज गरेर बोहराले मिथिलालाई सानीआमाको घरमा भित्र्याउनु भएको हो ।

विवाहको अवसरमा उनिहरुले शनिबार पुल्चोकस्थित एक रेस्टुरेन्टमा पारिवारिक सदस्यहरुलाई तथा निकट साथीहरूलाई भोज खुवाए ।

पार्टीमा दुवै पक्षका गरी करिब सय जनाको उपस्थिति थियो।

पार्टीमा विमला राई, कविता आलेमगर, बसुन्धरा भुसाललगायतको पनि उपस्थिति थियो।

५० वर्षीया अभिनेत्री शर्मा अविवाहित हुनुहुन्थ्यो भने  ७४ वर्षीय बोहोरा गतवर्ष श्रीमतीको मृत्युपछि एक्लै हुनु हुन्थ्यो ।

बोहरा हजुरबा भइसक्नु भएको छ ।

कुशल नृत्यांगना समेत रहनुभएकी मिथिला शर्मा मृदुभाषी र नम्र स्वभावकी कलाकारको रुपमा परिचित हुनुहुन्छ ।

बोहराका छोराछोरि लगायत परिवारजन उनको विवाहको विपक्षमा रहेका कारण उहाले घरमा भित्राउन नसकेको श्रोतले बताएको छ ।

सम्बन्धित शिर्षकहरु