असार १८ । काठमाडौं,नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।
बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ५४ हजार रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरि, तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँ घटेर ५३ हजार ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको भाउ पनि बुधबार तोलामा १० रुपैयाँ घटेको छ । मंगलबार तोलाको ८ सय ४५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार ८ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।







