एमाओवादी नेताका हत्या आरोपितसँग २५ हजार धरौटी माग

असार १३ । राजविराज, जिल्ला अदालतले एमाओवादी नेता एवं पूर्व जनसरकार प्रमुख गोविन्द चौधरीको हत्याको आरोपमा ताराकान्त यादवसँग धरौटी मागेको छ ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले सप्तरीको खोक्सरप्रवाहा-१ का ३२ वर्षीय एमाओवादी नेता दिपु भनिने गोविन्द चौधरीको हत्या आरोपमा सारस्वर-५ गौरा टोलका यादवसँग २५ हजार धरौटी मागेको हो । यादवको निर्देशनमा बोदे बर्साइन गाविस-४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस-५ वैरिया टोलमा पुर्‍याई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको आरोप छ ।
कांग्रेस गाउँ विकास समितिका सभापति ५० वर्षीय इन्द्रनारायण यादवको हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका यादव राजविराज कारागारमा जन्मकैदमा छन् । रासस

सम्बन्धित शिर्षकहरु