असार ८ । काठमाडौ,प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुले कोइरालाको स्वास्थ्य अवस्था राम्रो हुँदै आएको बताएका छन ।
कोइरालाको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ ।
आज कोइरालाको प्रारम्भिक स्वास्थ्य परीक्षणको रिपोर्ट आउने बताइएको छ ।
प्रारम्भिक स्वास्थ्य परीक्षणपछि कोइरालाले त्यहाँ बिभिन्न कुटनीतिक नियोग, अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुसंग भेटघाट गर्दै आउनुभएको छ ।
हिजो मात्रै कोइरालाले राष्टन् संघका महासचिव बान कि मुन संग भेटबार्ता गर्नुभएको थियो ।
प्रधानमन्त्री कोईराला अझै एकहप्ता अमेरीकामै रहनुहुने उहांको स्वकीय सचिवालयले जनाएको छ ।
0








