असार ८ ।काठमाडौ, रुपन्देही रुद्रपुरकी १२ वर्षीया तेरिया फौजा मगरले ‘डीआइडी लिटल मास्टर्स तीन’को उपाधि जितेर केबीथ्रि कप र रु ५० लाख हात पारेकी छिन्।

भारतको पुणेमा शनिबार आयोजित कार्यक्रममा तेरियाले कोलकत्ताकी अनुस्का क्षेत्री, मुम्बइका हार्दिक रुपारे र बैंगलोरका सद्विन सेट्ठीलाई उछिनेकी हुन्।

सहभागी तीन लाखबाट ४० हजार हुँदै उनी टप १६ मा परेकी थिइन।

दर्शक, निर्णायक र ग्रान्डमास्टर मिथुन चक्रवतीको मन जित्न सफल तेरियाले फाइनलको यात्रा तय गरेकी थिइन।

वि.सं १९५९ मा जन्मिएकी तेरिया रुद्रपुरकै पिसल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्छिन्।

यहाँसम्म आउनुमा उनका हजुरबुबा कृष्णबहादुर मगरको ठूलो योगदान रहेको छ। उनले तेरियालाई नृत्य सिकाउन बुटबलसम्म लाने गर्दथे।

”यो ट्रफी जित्दा मलाई साह्रै खुशी लागेको छ। यो डिआइडी लिल मास्टर्सको स्टेजमा नाच्न पाउँदा र यो सिजन-३ जित हात पार्दा सपना साकार भएको छ।

मास्टरहरू र दर्शकले धेरै सहयोग गर्नुभयो” तेरियाले भनिन्। अर्की प्रतिस्पर्धी अनुस्का क्षत्री नेपाली मूलकै भारतिय थिइन्।

कार्यक्रममा तेरियाका बाबु आमा तथा थुप्रै नेपालबाट गएका नेपाली प्रशंसकको नेपाली परम्परागत पोसाकमा उपस्थिती थियो।

तेरियाले १७ लाखभन्दा बढी भोट पाइकी थिइन्।