१०१ वर्षीय बृद्धा समेत मतदानमा सहभागि

असार ८ ।चितवन, चितवन क्षेत्र नं ४ मा आज भइरहेको उपनिर्वाचनमा १०१ वर्षीय बृद्धाले विद्युतीय मतदान यन्त्रमार्फत मतदान गर्नु भएको छ ।

जीवराम दवाडीले गीतानगर गाउँ विकास समितिमा रहेको हिमालय उच्च मावि चम्पानगर मतदान स्थलबाट बिहान ९ बजे मतदान गर्नुभएको थियो ।
चम्पानगर निवासी भण्डारीले आफूले एकै वर्ष दुईपटक मत खसाल्न पाएका भन्दै खुसी व्यक्त गर्नुभयो ।

यसैगरी, भरतपुर-७ ख मतदान केन्द्रमा कृष्णपुर बस्ने ९२ वर्षका जगतलाल महर्जनले बिहान ७:४५ बजे मतदान गर्नुभएको थियो ।

 

सम्बन्धित शिर्षकहरु