मिस नेपाल २०१५ को ताज मानन्धरलाई

miss-nepal_2015यस वर्षको मिस नेपाल २०१५ को ताज न्यूरोड भोटेबाहलकी इभाना मानन्धरलाई प्रदान गरिएको छ । उनी हालै मात्र अमेरिकाबाट नेपाल आएकी हुन् ।शनिवार राजाधानीमा आयोजित नेपाल सुन्दरी प्रतियोगितामा उहालाई विजेता घोषणा गरिएको हो ।मानन्धरलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहिर्‍याइदिनु भयो ।

कार्यक्रमका प्रमुख निर्णायक शंकर शर्माले सोधेको अबको पन्ध्र बर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएकोले उहाले नेपालकै सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगीताको उपाधी हात पार्न सफल हुनु भएको हो । १८ प्रतिस्पर्धी रहेको प्रतियोगितमा दिव्यता बैद्य फस्ट रनर अप र सेकेण्ड रनर अप मेधा कोइराला हुनु भयो ।

द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २० औं संकरणमा विजेता बनेपछि इभाना मानन्धरले मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनु भएको छ । यस्तै, विभिन्न १० टाइटलमा प्रतिस्पर्धीले पुरस्कार जितेका छन् । अघिल्ला बर्ष जस्तै यस बर्ष सम्पूर्ण विधाको घोषणा एकसाथ गरिएन । विभिन्न ५ विधामा पुरस्कार जित्नेहरुलाई उत्कृष्ट १० को छनोट पश्चात नै टाइटल प्रदान गरिएको थियो ।
जसमा मिस फोटोजेनिकको उपाधी दिव्यता वैद्यले पाउनु भयो । यस्तै, मिस इन्टेलेक्चुअल विधामा इभाना मानन्धरले टाइटल जित्नु भयो । मिस स्कुलर अफ द इयर टाइटलको उपाधी सुदिपा पाठक, मिस कप्लेक्सनको उपाधी निश्मा चौधरी र मिस पपलुर नुनिड लिम्बु भएका छन् ।
मिस ट्यालेन्ट विधाको उपाधी पूजा श्रेष्ठ, गस गर्ल विधाकी विजेता इभाना मानन्धर, मिस बब्ली निश्मा चौधरी, मिस फ्रेन्डसिप विधाकी विजेता सोनु थापा मगर, मिस पर्सानालिटी इभाना मानन्धर, ब्यूटी विथ त पर्पजको उपाधी रेविका क्षेत्रीले जितेका छन् ।

सम्बन्धित शिर्षकहरु