काठमाडौ- काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह मेयरमा निर्वाचित भएका छन भने उपमेयरमा एमालेकि सुनिता डंगोल निर्वाचित भएकि छन ।
काठमाडौं महानगरपालिकाका नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्। निर्वाचन आयोगको अनुसार बिहीबार साझँसम्ममा ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।
लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले जम्मा ६१ हजार ७६७ मत ल्याएका छन्। बालेनलाई पछ्याईरहेकि नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्। बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंह भन्दा करिब २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बालेनले बढी पाएका छन्। सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र बढी ल्याएकी छन्। पालिका चुनाव अन्तर्गत काठमाण्डौ महानगरपालिकामा एक लाख ९० हजार नौ सय ६२ मत खसेकोमा सात हजार ६ सय मत बदर भयो ।
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले कुल ६८ हजार ६१२ मत पाएकी छन्।
काठमाडौंको जम्मा ३२ वडामा कुन वडामा कसले जिते? निर्वाचन आयोगको आधिकारिक वेबसाईटका अनुसार यस्तो छ पुरा वडागत बिजेता जनप्रतिनिधिहरुको नामावली:-
वडा नम्बर १ः भरत लाल श्रेष्ठ, एमाले
वडा नम्बर २ः राजेन्द्र कुमार श्रेष्ठ, एमाले
वडा नम्बर ३ः प्रेम थापा, एमाले
वडा नम्बर ४ः दिनेश महर्जन, एमाले
वडा नम्बर ५ः वीरेन्द्र प्रजापती, एमाले
वडा नम्बर ६ः भुवन लामा, कांग्रेस
वडा नम्बर ७ः बिमल कुमार होडा, कांग्रेस
वडा नम्बर ८ः आशामान संगत, कांग्रेस
वडा नम्बर ९ः रामजि भण्डारी, कांग्रेस
वडा नम्बर १०ः राम कुमार के.सी, कांग्रेस
वडा नम्बर ११ः हिरा लाल तण्डुकार, कांग्रेस
वडा नम्बर १२ः बाल कृष्ण महर्जन, कांग्रेस
वडा नम्बर १३ः ध्रुव नारायण मानन्धर, एमाले
वडा नम्बर १४ः सुमन श्रेष्ठ, कांग्रेस
वडा नम्बर १५ः ईश्वर मान डंगोल, एकीकृत समाजवादी
वडा नम्बर १६ः मुकुन्द रिजाल, कांग्रेस
वडा नम्बर १७ः नविन मानन्धर, कांग्रेस
वडा नम्बर १८ः न्हुछेकाजी महर्जन, एमाले
वडा नम्बर १९ः राजेश कुमार श्रेष्ठ, कांग्रेस
वडा नम्बर २०ः राजेन्द्र मानन्धर, कांग्रेस
वडा नम्बर २१ः उदय चुडामणि बज्राचार्य, एमाले
वडा नम्बर २२ः चिनीकाजी महर्जन, एमाले
वडा नम्बर २३ः मचा राजा महर्जन, एमाले
वडा नम्बर २४ः बिनोद कुमार राजभण्डारी, कांग्रेस
वडा नम्बर २५ः राजेश डंगोल, कांग्रेस
वडा नम्बर २६ः ख्यामराज तिवारी, कांग्रेस
वडा नम्बर २७ः योगेश कुमार खड्गी, कांग्रेस
वडा नम्बर २८ः भाइराम खड्गी प्रकाश, कांग्रेस
वडा नम्बर २९ः कुश ढकाल, कांग्रेस
वडा नम्बर ३०ः दल बहादुर कार्की, कांग्रेस
वडा नम्बर ३१ः सरोज ढकाल, एमाले
वडा नम्बर ३२ः नवराज पराजुली, एमाले