निर्वाचन सम्बन्धी भिडियो सेयर गरी ५० लाख भ्युज पुर्‍याउनेलाई ५० हजार पुरस्कार

काठमाडौं । निर्वाचन आयोगले आफूले सामाजिक सञ्जालमा अपलोड गरेका निर्वाचनबारे सन्देशमूलक भिडियो प्रचारप्रसारको लागि नयाँ अभियान थालेको छ ।

पछिल्लो समय धेरै मानिसहरुले सामाजिक सञ्जलमा नै बिताउने हुनेले आयोगले निर्वाचनबारे सन्देशमूलक भिडियो प्रचारप्रसारको लागि नयाँ अभियान थालेको छ ।

एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनसँग सम्बन्धित सन्देशमूलक भिडियो प्रचार गर्न प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ ।

आयोगले सन्देशमूलक भिडियो आफ्ना ट्विटर, युट्युब, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा अपलोड गरेको छ ।

आयोगले तयार पारेका विभिन्न सन्देशमूलक भिडियोहरूमा प्रतियोगीले टिकटक बनाउन सक्नेछन् ।

सो भिडियोमा ५० लाख वा त्योभन्दा बढी भ्युज पुर्‍याउने एकले ५० हजार, ३० लाख वा त्योभन्दा बढी भ्युज पुर्‍याउने एकले ३० हजार र २० लाख वा त्योभन्दा बढी भ्युज पुर्‍याउने एकले २० हजार रुपैयाँ पुरस्कार जित्नसक्ने आयोगले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु