जापानको लगानिमा जाजरकोटमा ६ वटा प्रसूति गृह निर्माण

चैत २९ ।जाजरकोट,दुर्गमका महिलालाई सुरक्षित सुत्केरी हुन सहयोग पुर्याउने उद्देश्यले जापान सरकारको सहयोगमा जाजरकोटमा छ वटा प्रसूति गृह भवन निर्माण गरिएको छ ।जिल्लाको अर्छानी, ढीमे, झाप्रा, सुवानाउली, पुन्मा र साल्मा गाविसमा ६ वटा सुविधा सम्पन्न प्रसूति गृह भवन बनेका छन् ।जापान सरकारको रु २ करोड ४० लाख आर्थिक सहयोगमा ६ स्थानमा प्रसूति गृह निर्माण गरिएको हो ।

प्रसूति गृह भवन बनेपछि दुर्गमका महिलालाई सुरक्षित सुत्केरी हुन सहयोग पुग्ने छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ जाजरकोट शाखाको सक्रियतामा आड्रा जापान-नेपालको सहयोगमा प्रजनन् स्वास्थ्य सुधार परियोजनामार्फत सुविधा सम्पन्न प्रसूति गृह भवन निर्माण भएका हुन् ।
आवश्यक उपकरणसहितको प्रसूति गृह निर्माण भएपछि दुर्गम क्षेत्रका महिलालाई सुरक्षित सुत्केरी हुन सहज हुने भएको हो । मातृ तथा नवजात शिशुको जीवन सुरक्षाका लागि प्रसूति केन्द्र निकै उपयोगी भएको छ ।
जिल्ला अस्पतालमा नभएको भवन र सुत्केरी उपकरण अब दुर्गम गाउँमा उपलब्ध भएको छ । दुर्गम गाउँमा सुरक्षित मातृत्व सेवा नहु“दा बर्सेनि महिलाको ज्यान जाने गरेको थियो ।
आड्राले प्रत्येक केन्द्रका लागि एक\एक जना अनमीलाई रु ६ लाख खर्चेर सुरक्षित सुत्केरी सेवा सम्बन्धी तालिम पनि दिएको छ ।
आड्राले डेलिभरी बेड, बेबी ब्यासीनेट बेड, तौल मेसिन, ५४ वटा स्ट्रेचर, बच्चा तताउने हिटर , प्रत्येक केन्द्रमा ३ सय वाटका सोलार ब्याट्री लगायत १२ दर्जन भन्दा बढी उपकरण उपलब्ध गराएको छ ।

सम्बन्धित शिर्षकहरु