एक सेमिनारमा भाग लिन कैलाश सत्यार्थी काठमाडौंमा

चैत १४ । काठमाडौं,नेपालमा भइरहेको एक सेमिनारमा भाग लिन नोबेल शान्ति पुरस्कार बिजेता कैलाश सत्यार्थी नेपाल आइपुग्नु भएको छ ।
काठमाडौंको बूढानीलकण्ठमा महिला तथा वालवालिका सम्बन्धी अन्तरराष्ट्रिय स्तरको सेमिनारमा भाग लिन भारतीय नागरिक सत्यार्थी आज काठमाण्डौ आइपुग्नु भएको हो । शुक्रबार र शनिबार दुई दिन चलेको सेमिनारमा नेपालसहित २८ देशका सांसदहरु सहभागी छन् ।
सत्यार्थी वालवालिकोका क्षेत्रमा कार्यरत रहेकाले उनलाई वक्ताका रुपमा काठमाडौं बोलाइएको हो ।
यसैवीच काठमाडौं आएका सत्यार्थीलाई लुम्बिनी विश्व शान्ति महोत्वसवले आगामी सेप्टेम्बर २१ तारेखका लिन लुम्बिनी भ्रमणको निम्तो दिएको छ ।सो दिन सत्यार्थीसँगै पाकिस्तानकी नोबेल पुरस्कार बिजेतालाई पनि लुम्बिनीमा बोलाउने फेस्टिबल आयोजक समितिको तयारी छ ।
लुम्बिनी वल्र्ड पिस फेस्टिबल आयोजक समूहमा पर्यटन व्यवसायी कर्ण शाक्यका छोरा सुनील शाक्य लगायतको सहभागिता छ ।

सम्बन्धित शिर्षकहरु