यो वर्षको पहिलो खण्डग्रास सूर्य ग्रहण लाग्दै

काठमाडौं । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । अमेरिका, बेलायत, युरोप, मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र यो देखिने भएकाले नेपालमा बार्न नपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यो सूर्य ग्रहण यो वर्षको पहिलो हो । नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्नेछ । तर नेपालबाट देख्न नसकिने समितिका सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु