फागुन १६ ।न्युयोर्क,अमेरिकाको मिसौरी राज्यमा भएको गोली प्रहारबाट आठ जनाको हत्या गरिएको छ । घटनामा एक जना घाइते भएका छन् ।यो घटना दक्षिण–मध्य मिसौरीको टायरोनमा भएको हो । प्रहरीले विभिन्न ६ स्थानबाट मृतकको शव बराबद गरेको जनाएको छ।
प्रहरीले एउटा घरबाट एक वृद्धा महिलाको शवसमेत बरामद गरेको छ । वृद्धाको मृत्यु भने स्वभाविक मृत्यु हुन सक्ने प्रहरी अनुमान छ।
गोली हान्ने व्यक्तिको शवसमेत नजिकै एउटा कारमा फेला परेको बताइएको छ। उनले गोली हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरी आशंका छ ।
टेक्सासको शेरिफ नजिक गोली चलेको खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो । गोली प्रहारमा संलग्न व्यक्ति २६ वर्षीय टायरोन निवासी भएको बताइएको छ। जसको शव नजिकै शैनान काउन्टी नजिकै फेला पारिएको थियो ।








