माघ १७ ।काठमाडौ,प्रस्ताव निर्माण समितिको शनिबार बसेको बैठकले समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरेको छ ।प्रश्नावली निर्माणका लागि गठन भएको यस समितिको नेतृत्व रमेश लेखकको गर्नु हुनेछ । एकीकृत माओवादीसहित विपक्षी मोर्चाको विरोध बाबजुद बसेको प्रश्नावली समितिको बैठकले कार्यविधि तयार गर्न समिति गठन गरेको हो । समितिको सदस्यहरुमा भानुभक्त ढकाल, किरण यादव, दिपक बोहोरा, अतहर कमाल, श्रीकला थकाली र दिलनाथ गिरि रहेका छन् ।
प्रस्ताव निर्माण समितिले एकीकृत माओवादी नेतृत्वको मोर्चालाई सहमतिमा आउन आग्रह समेत गरेको छ । सहमति गर्ने थलो संविधानसभा नै भएकाले संविधानसभा अन्तर्गतका समितिहरुमा आएर छलफल गर्दै सहमतिमा आउन आग्रह गरेका हो । विपक्षी मोर्चासम्बद्ध सभासद् सहभागी नभए पनि समितिले आफ्नो काम अघि बढाएको हो ।
पाँच दिनको कार्याविधि पाएको समितिले संविधान निर्माण्ँका मुख्य विवादित बिषय राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन र न्याय प्रनाली बाहेक अन्य सहमति हुन बाँकी विषयमा पनि प्रश्नावली तयार पार्नेछ । प्रस्ताव निर्माण समितिको बैठक भोलि दिउँसो एक बजे पुनः बस्ने छ ।








