काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमणको पृष्टि भएको छ । बुधबार गरिएको परीक्षमा रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।
यसअघि बुधबार नै दुई जनामा कोरोना देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि बुधबार दिउँसो २ जनामा कोरोना पुष्टि भएको थियो।
साँझ कोरोना पुष्टि भएका रुपन्देही, कपिलवस्तुका छन्। उनीहरु सबैको आरडीटी परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको हो।








