हङकङ १०० अल्ट्रा म्याराथन र मिक्स म्याच सोसाइटीद्वारा विशेष स्कूललाई सहयोग

काठमाडौं । विशेष स्कूल तथा पुनर्स्थापना केन्द्र (SSDRC) काठमाडौंलाई हङकङमा रहेको संस्था हङकङ १०० अल्ट्रा म्याराथन हङकङले मिक्स म्याच सोसाईटी मार्फत नगद रु.तीन लाख सोह्र हजार रुपैया सहयोग गरेको छ ।

अटिजम भएका बालबालिकारूको शिक्षा, स्वास्थ्य, थेरापी तथा पुनर्स्थापना सेवामा विगत एघार वर्ष देखि काम गरिरहेको संस्था विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रलाई उक्त सहयोग प्राप्त भएको हो ।

उक्त सहयोग संस्थाको भक्तपुर शाखामा निर्माणाधिन रहेको भवनको क्षेत्रमा कम्पाउण्ड लगाउन प्रयोग गरिने कुरा संस्थाकी संंस्थापक तथा अध्यक्ष सविता उप्रेतीले बताईन् । SSDRC ले हाल ५० जना अटिजम भएका बालबालिका र किशोर किशोरीहरूलाई शिक्षा, थेरापी तथा सीपमूलक तालिम जस्ता सेवाहरु प्रदान गरिरहेको छ ।

नियमित दाताको सहयोग बिना सिमित स्रोत र साधनबाट सञ्चालित यस संस्थाले आफ्नो सेवालाई विस्तार गर्दै काठमाडौं नरेफाँट मुख्य कार्यालय,काठमाडौंको गोठाटार सेवा केन्द्र र भक्तपुरको चा.न.पा.–ताथलीमा शाखा कार्यालय तथा सेवा केन्द्र गरी तीनवटा सेवा केन्द्र सञ्चालन गर्ने योजना अनुसार अघि बढिरहेको समयमा कोभिड १९ को कारण आर्थिक भार थेग्न गाह्रो भइरहेको अवस्थामा हङकङ मिक्स म्याच सोसाईटीको यस सहयोगले संस्थाको कम्पाउण्ड निर्माण गर्ने कार्यको लागि ठूलो राहत मिलेको भन्दै संस्थाको अध्यक्ष सविता उप्रेतीले हङकङ १०० अल्ट्रा म्याराथन र मिक्स म्याच सोसाईटी प्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरिन् ।

यस सहयोगको लागी अस्ट्रेलिया निवासी (SSDRC) को आजिवन सदस्य सीता भट्टले संयोजन गरेकी थिइन् ।

हङकङ मिक्स म्याच सोसाईटीका अध्यक्ष दिना नाथ बगालेले अटिजम भएका बालबालिकाहरूको सेवामा समर्पित संस्था SSDRC लाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गदै सहयोग गर्नु हुने सबैमा धन्यवाद व्यक्त गरेका छन् । सोसाईटीले कोभिडको समयमा हिमालयनका पोटरहरूलाई सहयोग गरेको थियो भने अन्य थुप्रै सामाजिक काम तथा सहयोगहरू पनि गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षकहरु