अष्ट्रेलिया, एनआरएनए अष्ट्रेलियाको निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको छ । विहान ८ः०० बजेबाट सुरू भएको मतदानमा अहिले सम्म १० प्रतिशत भन्दा बढी मत खसिसकेको विभिन्न राज्यबाट हाम्रा सम्वाददाताहरूले जानकारी दिएका छन् । विद्युतीय प्रक्रियाबाट मतदान भइरहेकाले तुलनात्मक रूपमा छिटो भएका निर्वाचन अधिकारीहरूले जनाएका छन् ।
मतदानमा नेपाली समूदायहरूको उत्साहजनक सहभागिता रहेको बताइएको छ । स्वयम्सेवकहरूले मतदानलाई व्यवस्थित बनाउनका लागि सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । पाँच हजार मतदाता रहेको यो निर्वाचनमा मतदाताका अतिरिक्त यहाँका नेपाली समूदाय पनि मतदान स्थल वरपर जम्मा भएका छन् । ७० हजार भन्दा बढी नेपाली समूदाय अष्ट्रेलियामा बसोबास गर्ने कारण पनि निर्वाचन चासोको विषय बनेको हो ।
आगामि नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रिएका भरत पोखरेल र सुरेन्द्र सिग्लेलबीच कडा प्रष्पिर्धा देखिएको छ । मतदान साँझ ६ः०० बजेसम्म हुनेछ । मतदान सकिएको तीन घण्टामै परिणाम आइसक्ने जानकारी निर्वाचन अधिकारीहरूले दिएका छन् ।
मौसम सफा
निर्वाचन अवधिभर मौसम सफा रहने अष्ट्रेलियाको मौसम पुर्वानुमान केन्द्रहरूले जानकारी दिएका छन् । यद्यपी अष्ट्रेलियाको चिसो मौसम नेपाली समूदायको निर्वाचनले तातेको अवस्था छ । पलपलको समाचार अपडेटका लागि हामीसँगै रहनुहोला ।








