काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वाेच्च अदालतले आदेश दिएको छ । नेपालको महत्वकाँक्षी योजनामा सर्वाेच्च अदालत अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र कुमार रेग्मीको इजलाशले विमानस्थल निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, बासुनाथ खत्रीलगायत ११ जनाले निजगढ बिमानस्थलका बिरुद्ध रिट दायर गरेका थिए । रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिएको छ ।
मंसिर १७ गते दायर गरिएको रिट निवेदनमा निजगढमै विमानस्थल बनाउँदा धेरै प्राकृतिक क्षति हुने भएकाले अन्यत्र सार्न माग गरिएको छ । सर्वोच्चले आइतबार विमानस्थल निर्माण कार्य रोक्न अन्तरिम आदेश दिएसँगै विमानस्थल निमार्णको कार्य अवरुद्ध हुने भएको छ।








