काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ। चार दिनसम्म मनाइने यस व छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विविध रूपमा यो पर्व सम्पन्न भएको छ।
जिल्लाभरमा लाखौं भक्तजनले शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ।
यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ।








