पहिरन टाईसुट, हर्कत चाहिँ असभ्य,राजनीतिक पार्टीको आशीर्वादमा ए-नारान !

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व सम्मेलन काठमाडौँमा चलिरहँदा एनआरएनका गतिविधीले सबै दंग परेका छन् । विदेशवाट सायौको संख्यामा टाईसुट पहिरनमा नेपाल भित्रिएका एनआरएनएका प्रतिनिधीहरुको हरकतले सबै चकित परे । मङ्गलबार सम्मेलनको औपचारिक रूपमा उद्घाटन गर्नुअघि नै विवादमा तानिएको विश्व सम्मेलन एनआरएनहरू नै तोडफोडमा उत्रिएपछि थप विवादित बन्न पुग्यो ।

राजनीतिक पार्टीको आशीर्वादमा कुल आचार्य र कुमार पन्त प्यानल बनाएर चुनाव लडेको र मतदान प्रक्रियामा ढिलाइ गरेर धाँधली गर्न खोजेको आरोप लगाउँदै आक्रोशित एनआरएनएले होटल परिसरमा राखिएका कुर्सी तोडफोड गरे । उनीहरू होहल्ला र नाराबाजीसँगै तोडफोडमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।

सम्मेलन स्थलमा सहभागी एनआरएन सबै टाईसुटमा ठाँटिएर निकै सभ्य देखिन्छन् । तर उनीहरूको कार्यशैली, प्रस्तुति र संस्कार भने असभ्य देखिएको कतिपयको टिप्पणी छ । एनआरएनले नेपालमा आएर गरेका असभ्य हर्कतप्रति स्वयम् गैरआवासीय नेपालीले समेत असन्तुष्टि जनाएका छन् । सम्मेलनमा सहभागी हुन नेपाल आउँदा एनआरएनका प्रतिनिधिको हर्कतका कारण पनि संस्था बदनाम हुन पुगेको छ ।

अस्ट्रेलियाबाट सम्मेलनमा भाग लिन आएका एक गैरआवासीय नेपाली रमेश थापाले गत आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तोडफोड नै गरे । सो आरोपमा पक्राउ परेका उनी ५० हजार धरौटीमा छुटेका थिए ।

अरूबेला पनि एनआरएन नेपालीले अनावश्यक हर्कत गर्ने गरेको समाचार बाहिरिँदै आएको छ । दुई महिनाअघि पनि एनआरएन अध्यक्ष भवन भट्टले मापसे सेवन गरेर विमान चढेर बखेडा झिकेपछि उनलाई विमानमा यात्रा नदिइएको विषयले चर्चा पाएको थियो ।
एनआरएनएको परिभाषलाई समाजिक सञ्जालमा पनि टिप्पणी हुन थालेको छ । Shamser S Thapa ले एनआरएनए परिभाषलाई बुँदागत रुपमा नै संकेतिक विरोध गर्दै टिप्पणी गरेका छन् ।

सम्बन्धित शिर्षकहरु