काठमाडौं, कर्मसियल आर्टिष्ट सङ्घले यस वर्षको हेम गङ्गा पुरस्कार नेपाली कलाको विकासमा पुर्याउने वरिष्ठ कलाकार ज्योतिप्रकाश विश्वकर्मालाइ प्रदान गरेको छ ।
सङ्घले अरनिको स्मृति दिवसका अवसरमा पुस २४ गते कमलादीमा नगद १० हजार रुपैयाँ तथा सम्मान पत्रसहित पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले उहाँलाई पुरस्कार प्रदान गर्दै देशका विभिन्न भुगोलमा बसोबास गर्ने कलाकारका कलालाई अन्तर्राष्ट्रिय तहमा फैलाउन प्रतिष्ठान क्रियाशील रहेको बताउनु भयो ।
कला समीक्षक मुकेश मल्लले नेपाली कलाका प्राचीन शैलीले गर्दा आज देशको नाम विश्वमा चर्चित भएको बताउनु भयो ।
संस्थाका अध्यक्ष आइबी मल्लले विश्वकर्माले नेपाली कलाको विकासमा पुर्याएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको बताउनु भयो।
पुरस्कृत विश्वकर्माले राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा आज प्राप्त गरेको पुरस्कारले कार्य क्षेत्रमा अझ जिम्मेवार भई लाग्न प्रेरणा मिलेको बताउनु भयो ।








