काठमाडौं । दशैं तथा तिहार र छठ पर्वलाई लक्षित गर्दै निजी वायुसेवा कम्पनीहरुले हवाई टिकटमा २० प्रतिशत छुट दिने भएका छन्। नेपाल वायुसेवा संचालक संघको बैठकले यात्रुको यात्रा सस्तो र सहजताका लागि १० प्रतिशत छुट दिने निर्णय गरको हो?
बैठकले यात्रुले वायुसेवा कम्पनीको काउन्टरबाट टिकट खरिद गरेमा एयरपोर्ट ट्याक्स र हवाई इन्धन बाहेकको मूल्यमा १० प्रतिशत छुट दिने जनाएको छ। तर, यो अफर योजना असोज १२ गतेदेखि १७ गतेसम्म मात्रै लागू हुने छ।








