पुस १८ ।बर्दिया, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले माघ ८ गते सम्म विपक्षमा रहेका दलहरुलाई सहमतिमा ल्याउने कोसिस गर्ने र सहमति बन्न नसके उनीहरुको मतलाई सुरक्षित राख्दै प्रक्रियामा गएर भएपनि संविधान जारी गरिने दृढता व्यक्त गरेका छन ।
बर्दियाको सदरमुकाम गुलरियामा शुक्रबार आयोजित पत्रकार भेटघाटमा बोल्दै गृहमन्त्री गौतमले माघ ८ भित्रै संविधान जारी हुने विश्वास व्यक्त गरे ।
बर्दियाको सदरमुकाम गुलरियामा आयोजित पत्रकार भेटघाटमा बोल्दै गृहमन्त्री गौतमले संविधानको खाका पूर्ण रुपमा तयार भइसकेको जानकारी दिए ।
संविधानसभामा मत विभाजन भए पनि दुई तिहाइभन्दा बढी सभासद्को सङ्ख्या माघ ८ भित्रै संविधान जारी गर्ने पक्षमा रहेको उनले बताए ।
सञ्चारकर्मीको जिज्ञासामा उनले सकभर विवादका विषयलाई थाती राखेर भएपनि सहमतिद्वारा नै संविधान जारी गर्न जोड दिइने बताए ।
यसैबीच, गृहमन्त्री गौतमले आजै जिल्ला प्रहरी कार्यालय बर्दियाको नवनिर्मित भवन पनि उद्घाटन गरे ।








