काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रति कार्यालय सहयोगी १६ हजार २३० रुपैयाँ तलब बुझिरहेका छन् । चारजनाको कुल तलब मासिक ६९ हजार ११४० रुपैयाँ हुन्छ ।








