काठमाडौं,पूर्वसभामुख तथा अधिकारकर्मी दमननाथ ढुंगानाले नेपालमा घोषणा भैसकेको धर्मनिरपेक्षा अब हटन नसकेन दावी गरेका छन ।
उनले हिन्दू राज्यको पक्षधर राप्रपा नेपाल लगायतका केही शक्तिहरुले धर्म निरपेक्षताको विरोध गरिरहेपनि विगतको निर्णयबाट नेपाल पछी नहट्ने बताए ।
क्रिश्चियन धर्मावलम्वीहरुको महान पर्व क्रिसमसको अवसरमा विहीबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ढुंगानाले यस्तो अभिव्यक्ति दिएका हुन । धर्मनिरपेक्षतालाई अब उल्टाउन सकिँदैन, कुनै पनि धर्ममाथि भेदभाव भएको छैन ।’उनले भने,यो नयाँ बर्ष हिंसारहित, आतंकरहित र नेपालमा नयाँ संविधान आउने बर्ष बनोस् ।”








