देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासंगै हिमपात

काठमाडौं । काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यका सहित देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासंगै हिमपात भएको छ । मौसममा आएको परिवर्तनसंगै काठमाडौं उपत्यकाको हिल्समा समेत हिउ परेको छ । मंगलबारदेखि नै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भईरहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । बुधबार बिहानैदेखि काठमाडौसहित पूर्वी र पश्चिमका धेरै जसो ठाउँमा पानी परिरहेको छ ।

यस्तै हिमाल पारी जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा बाक्लो हिमपात भएको छ । मनाङको हुम्डे, खांङसारलगायत क्षेत्रमा मंगलवार अपराह्नदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन। निरन्तर हिउँ पर्दा तीन फिटभन्दा बढी जमेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जनाकारी दिए । हिमपातसँगै बढेको चिसोका कारण मानिसहरु घरबाहिर निस्कन नसकेको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए।

मौसममा आएको परिवर्तनमा कारणले कर्णाली प्रदेश र सुदूपश्चि प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा भारी हिमपात भईरहेको छ । कर्णाली प्रदेशका,हुम्ला,जुम्ला,मुगु,डोल्पा,कालिकोट र दैलेख तथा जाजरकोटका उच्च पहडी भेगहरुमा हिमपात हुदाँ त्यहाको जनजिवन कष्टकर बन्दै गएको छ । मंगलवबार बिहानैदेखि शुरु भएको हिमपात अझै रोकिएको छैन् ।

सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लाहरुमा मंलबारदेखि नै वर्षा संगै हिमपात भएको छ। बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, लगायतका उच्च पहाडी क्षेत्रमा वर्षा संगै हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यस्तै दार्चुलाका उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकर लगायतका क्षेत्रमा पनि हिमपात भएको छ।

डडेल्धुराको भिमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लगायतका स्थानमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हिमपात भएसंगै पहाडी जिल्लाहरुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ। हिमपातपछि सुदूरपश्चिमका पहाडी जिल्लाका राजमार्गहरु पनि अवरुद्ध भएका छन्।

दशरथचन्द राजमार्ग अन्तरगत डडेल्धुरा र बैतडी सिमा क्षेत्र अनारखोलीमा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि यात्रुहरु पनि समस्यामा परेका छन्।

देश भर मौसम बदलि भएपछि उच्च पहाडी तथा हिमालस् क्षेत्रमा अहिले पनि हिमपात जारी रहेको छ । बुधबार हिमपात भइरहे पनि बिहीबारदेखि मौसममा सुधार आउने मौसमविद वरुण पौडेलले बताए।

उनका अनुसार बिहीबार र शुक्रबार सधार भए पनि शनिबारदेखि पुनः मौसममा खराबी आउने छ।

सम्बन्धित शिर्षकहरु