आधा जलेको शव प्रहरीको नियन्त्रयणमा

dead-bodyपुस २ ।पर्सा, पर्साको भौराटाँरमा जलाउदै गरेको एक युवकको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भौराटार गाविसको वडा नम्बर ५ फुलकौल निवासी जयलाल चमारको १८ वर्षीय छोरा धर्मेन्द्र चमारको शव जनाउदै गरेको अवस्थामा गएराती प्रहरीले नियन्त्रणमा लिएको हो ।

धर्मेन्द्रको अस्वभाविक रुपमा मृत्यु भएको र त्यसबारे प्रहरीलाई कसैले खबर नगरेको भन्दै आधी जलेको शव प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।
धर्मेन्द्रको शवलाई परिवारजनले गुपचुप तरिकाबाट दाह संस्कार गर्न लागेको सूचनाको आधारमा प्रहरीले फुलकौल गाउँको पूर्वमा रहेको खोलाको तिरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएको शवलाई परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको प्रवक्ता ओलीले बताए ।

सम्बन्धित शिर्षकहरु