
काठमाडाैँ । एभरेष्ट प्रिमियर लिग इपिएलमा ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुर प्याट्रियट्स क्वालिफायरमा प्रवेश गरेको छ। आइतबार सम्पन्न इपिएलमा ललितपुरले भैरहवा ग्लाडियटर्सलाई ६ विकेटले पराजित गरेसँगै ललितपुर क्वालिफायरमा प्रवेश गरेको हो।
भैरहवाको जितका लागि पवन सराफले सर्वाधिक २८ रन बनाउँदा, जयकिशन कोल्सावालले नटआउट २२ तथा सन्दीप झोराले नटआउट १८ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले मात्र २ रन बनाउन सके।
सुरुवाती व्याटिङ गरेको भैरहवाका लागि राएन टेनले सर्वाधिक ३७ रन बनाए भने रवि इन्दर सिंहले २५ रन बनाए। अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।
भैरहवालाई सस्तैमा समेट्न ललितपुरका सन्नी पाटेल एक्लैले ५ विकेट लिए। रासिद खान र योगेन्द्र सिंह कार्कीले समान २–२ विकेट लिए। खेलमा भैरहवाविरुद्ध ५ विकेट लिएका सन्नी म्यान अफ द म्याच घोषित भए। अन्तिम जितसँगै ललितपुर इपिएलमा क्वालिफायर राउण्डमा प्रवेश गरेको हो।







