
एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले आफ्नो इस्टाग्राम अकाउन्टमार्फत बिहेका तस्बिरहरू सार्वजनिक गरेकी छिन् । मेहेन्दी समारोहको सार्वजनिक तस्बिरमा चोपडा र उनका श्रीमान् निक जोनस पारिवारिक जमघटमा खुसी साटिरहेका देखिन्छन् ।
डिसेम्बर १ मा प्रियंका र निकले जोधपुरको उम्मेद भवनमा क्रिस्चियन रितिरिवाजका साथ विवाह गरेका थिए भने अाज उनीहरूको हिन्दु रितिरीवाज अनुसार विविह हुँदै छ।

प्रियंकाले आफ्नो इस्टाग्राम अकाउन्टमा तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘भारतीय युवतीका लागि बिहेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको मेहन्दी हो। यसको सेलिब्रेसन गर्न पाउँदा म निकै खुसी छु।’

नोभेम्बर २९ देखि सुरु भएको बिहे समारोह अझै चलिरहेको छ। बिहेपछि जोडीले मुम्बई र दिल्लीमा रिसेप्सन पार्टी आयोजना गर्दै छ जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चर्चित बलिउड कलाकार सहभागी हुने जनाइएको छ ।







