काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा लाइभ देखाउँदै चितवनका एक युवकले आत्महत्या गरेका छन् । चितवन कालिका नगरपालिका घर भएका २६ वर्षीय निश्चल तामाङले गएराति अबेर फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेका हुन् ।
उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । बिहान करिब १ बजेतिर बुबा जीवन तामाङले छोराको कोठामा गएर हेर्दा निश्चल झुन्डिएको अवस्थामा फेला पारेका थिए ।
तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए । उनले आमाको सलमा आफू झुण्डिन लागेको भन्दै सल समेत देखाएका थिए । आधा घण्टा लामो फेसबुक लाइभमा क्रममा थुप्रै भिजिटरहरु त्यहाँ जोटिएका थिए ।








