
एजेन्सी । भारतमा बस दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ। तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार बस दुर्घटनाहुँदा अन्य कैयौं घाइते भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तीर्थयात्रु लिएर फर्कदै थियो । यात्रुले खचाखच भरिएको राज्य सञ्चालित बस गहिरो खोचमा खसेको थियो। मृत्यु भएकामा अधिकांश महिला रहेको जनाइएको छ। घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ।








