बिम्स्टेकको पूर्व सम्मेलन काठमाडौंमा हुने

काठमाडाैँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आगामी साता काठमाडौमा प्रि–समिट (पूर्वसम्मेलन) हुने भएको छ।

सरकारी स्तरमा नभइ जनस्तरमा यही साउन १७ र १८ गते बिम्स्टेकको प्रि–समिट हुन लागेको हो। ‘इन्स्टिच्युट फर स्ट्राटेजिक सोसियो–इकनमिक रिसर्च’ नामक संस्थाको अगुवाइमा हुने उक्त सम्मेलनमा सबै सदस्य देशका विदेश मन्त्रालयका बहालवाल तथा सेवा निवृत्त उच्च अधिकारीले भाग लिने छन्।

आयोजक संस्थाका कायममुकायम अध्यक्ष प्रा.गोविन्द नेपालका अनुसार प्रिसमिटमा बिम्स्टेक सदस्य देशका राजदूत, विदेश/बाह्य मामिला/परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृत, विद्वत् वर्ग र सामाजिक–आर्थिक जीवनका प्रतिष्ठित व्यक्तिले भाग लिनेछन्।

विम्स्टेक मुलुकका आर्थिक–सामाजिक विषय तथा गरिबीजस्ता जनसरोकारका मुद्दालाई लिएर उक्त संस्थाले गरेका अध्ययन प्रतिवेदन प्रिसमिटपछि बिम्स्टेकको अध्यक्ष मुलुक नेपाललाई बुझाइने जानकारी प्रा. नेपालले दिए। समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले बिम्स्टेको स्थापना भएको हो।

सम्बन्धित शिर्षकहरु