डा.केसी अनसनस्थलमा झडप, दर्जनौं घाइते,दर्जनाैं राउन्ड अश्रुग्यास प्रहार

 

जुम्ला । बीस दिनदेखि डा.गोविन्द केसी अनसन बसिरहेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बिहीबार जर्बजस्ती प्रहरी प्रवेश गरेको छ।

प्रहरीलाई रोक्ने तयारीमा रहेका डा.केसीका समर्थक र प्रहरीबीच झडप भएको छ। डा.केसीलाई जर्बजस्ती काठमाडौं लैजाने निर्णयअनुसार अनसनस्थलमा प्रहरी हस्तक्षेप भएको हो। झडपमा दर्जनौं घाइते भएका छन्।

प्रहरीले अस्पताल क्षेत्रमा दर्जनाैं राउन्ड अश्रुग्यास प्रहार गरेकाे छ। सरकारले डा।केसीको इच्छाविपरित जबर्जस्ती गर्न खोजेको थाहा पाएपछि सयौं विद्यार्थी र स्थानीय विरोधमा उत्रिएका छन्। विद्यार्थीले प्रतिष्ठानको गेटबाट प्रहरी प्रवेश गर्न नदिन सांग्लो बनाएर बसिरहेका थिए। प्रहरीले सांग्लो तोडेर भित्र प्रवेश गरेको हो।

डा.केसीलार्इ जबर्जस्ती काठमाडा ल्याउन मेडिकल टिमसहित नेपाली सेनाको हेलिकोप्टर भगवती दल गणमा स्ट्यान्डबाइ राखिएको छ।

सम्बन्धित शिर्षकहरु