मङ्सिर ११ ।पथरी,विराटनगरको नोबेल अस्पतालको आइसियु कक्षमा उपचाररत सप्तरीका रामप्रसाद साह झ्यालबाट हाम फालेपछि उहाको अवस्था झनै गम्भिर बनेको छ ।
उहाँका आफन्त महेन्द्र साहका अनुसार आइसियुमा उपचार गराउँदै आउनुभएका अर्का एक बिरामीको मृत्यु भएपछि रामप्रसाद डराउनुभएको थियो ।
हप्ता दिनदेखि आइसियुमा उपचार गराउदै आउनु भएका रामप्रसाद
गएराति गएराति हामफाल्नु भएको हो ।
रामप्रसादले अस्पतालका चिकित्सक र परिचारिकालाई अर्को कोठामा सारिदिन आग्रह गरिरहनुभएको थियो ।
अस्पताल व्यवस्थापनले उहाँको आग्रह नमानेपछि डरले हाम फालेको हुनसक्ने अनुमान गरिएको छ ।
झ्यालबाट हाम फालेका रामप्रसादको अवस्था गम्भीर बनेको अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले बताउनुभयो ।







